Flash News

हुम्लाको पर्यटकीय स्थल खार्पुनाथ

२५ बैशाख २०८१, मंगलवार ०९:३१

 

हुम्ला जिल्लाको अत्यन्तै महत्व राख्ने धार्मिस्थल खार्पुनाथ मन्दिर तथा खार्पुनाथ दोभानलाई पर्यटकिय क्षेत्रका रुपमा अगाडी बढाउनु पर्ने आवश्यकता देखिन्छ । यस खार्पुनाथ मन्दिरको छृट्टै ऐतिहासिक महत्व रहेको पाईन्छ । हृम्ला जिल्लाको सदरमुकाम सिमकोट देखी करिब २ घण्टा पैदल यात्रा गरी पुगीने खार्पुनाथ गाउपालिका वडा नं. ५, खार्पु दोभानमा अबस्थित रहेकोछ ।

खार्पाको भाग रहेको ठाउँमा पाँच पाण्डव आएकाले त्यही कोटिहोमबाट हुम्ला आएको भनिन्छ । मुख्यद्वार भित्र एउटा गुफा छ जहाँ पुजारी बस्छन् । अर्को छेउमा, तपाईले शिवजीको आकारको गाईको थुन देख्न सक्नुहुन्छ। मन्दिरको मुखमा त्रिवेणी कर्णाली नदी छ। बिदाको तीन तर्फ धर्मराजको गाठ, कामधेनु गाईको छाप साथै हात्तीको सोंड, गौरीशंका, कछुवा, बर्मा कपाली, सोभन अर्थात सुनको रेखा, शंख तोडा अर्थात निसानी देख्न सकिन्छ । अलि टाढा पुगेपछि बाछोको पाइला र गाईको पाइला देखिन्छन्। मन्दिर रहेको ठाउँ ठूलो शिवलिङ्गको मुडमा छ । शिवको गाठसँगै सर्पको छाप छ। थोरै तल होडेखोली लामाको गठको छाप छ। मन्दिरको पेटमा कर्णाली नदी बग्ने ठाउँमा बबलकेदारको पानी पिएर तातो पोखरी शुद्ध हुन्छ । गौजो काट्ने मोक्ष क्षेत्रसंग छ। मन्दिर भित्रको धूप सिधै मूडको माथिबाट आउँछ । सोमबार एक दिन पूजा गर्ने र गोठालोको भीड हुन्छ ।

यस खार्पुनाथ त्रिबेणीमा माघे संक्रान्तीको दिन हुम्ला जिल्लाकै ठुलो मेला लाग्ने गरेको छ । यस मेलामा हुम्लाम लगमयत कर्णालीका अन्य जिल्ला तथा सुदुर पश्चिमका जिल्लाबाट समेत भतmजनहरु एपस्थित हुने गरेको पाईन्छ । यस मेलामा राती देउडा नाच र बिहाना तपन (तातोपानी) स्नान गर्ने र भगवान शिबको पुजा आरधना गरी मनाउने गरीन्छ ।खार्पुनाथ चार नाथ मध्ये एक हो। काखको तल्लो भाग अर्थात् स्थानीय भाषामा ‘खर्पा’ खसेको र यसको आकार खर्पाको जस्तै थियो ।

प्रतिक्रिया दिनुहोस्