Flash News

नेपाल र स्कटल्याण्डको खेल आज

५ फाल्गुन २०७९, शुक्रबार ०२:४६

काठमाडौँ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्याण्डबीच खेल हुँदैछ। खेल कीर्तिपुरस्थित टीयू मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ।

घरेलु मैदानमा भइरहेको श्रृंखलाको पहिलो खेलमा नामिबियालाई हराएको नेपाली टिम त्यही लय कायम राख्ने योजनामा छ। नेपालले कीर्तिमानी २८६ रनको लक्ष्य पूरा गर्दै नामिबियालाई २ विकेटले हराएको थियो। ओपनर कुशल भुर्तेलले शतक प्रहार गरेका थिए भने करण केसीले ५ विकेट लिएका थिए।

त्यसपछि स्कटल्याण्डले पनि नामिबियालाई सहजै हराएर तीन खेल अगावै लिग २ मा शीर्ष स्थान पक्का गरिसकेको छ। जर्ज मुन्सीको शानदार शतकमा स्कटल्याण्डले नामिबियालाई १० विकेटले पराजित गरेको थियो।

शीर्ष पाँच स्थानमा रहँदै ओडिआई मान्यतालाई जोगाउने अभियानमा रहेको नेपालले घरेलु मैदानमा भइरहेको श्रृंखलामा सकेसम्म धेरै खेल जित्ने लक्ष्य बनाएको छ।

प्रतिक्रिया दिनुहोस्