Flash News

आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालको ऐतिहासिक जित

५ फाल्गुन २०७९, शुक्रबार ११:४१

काठमाडौँ। दीपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङ मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित गरेको छ।

दीपेन्द्र र कुशलले अर्धशतक प्रहार गरेपछि नेपालले २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो। दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए।

कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए। दुवैले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन्। दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक हो।

नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो। यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्