Flash News

एमाले बाजुराको अध्यक्षमा ओली

७ जेष्ठ २०८१, सोमबार ०२:१७

बाजुरा। नेकपा (एमाले) बाजुराको आठौं जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै आईतबार सम्पन्न भएको छ ।

अधिवेशनले लाल बहादुर ओलिको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । उपाध्यक्ष जनक कुमार बाेहाेरा, सचिव काशी बिक, उपसचिवहरू हरि राेकाया र राजकला सार्की लगायत  सदस्यहरू निर्वाचित हुनुभएको छ ।

अध्यक्ष लाल बहादुर ओलीले २ सय १८, उनका प्रत्यासी भरत बहादुर थापाले २ सय ३, उपाअध्यक्षमा जनक कुमार बाेहराले २ सय ७४ उनका प्रत्यासी मेघराज शाहीले १ सय २०,   सचिबमा काशि बहादुर बिकले २ सय ४१ उनका प्रत्यासी जनक विष्टले १ सय ७१  उपसचिवमा हरि बहादुर राेकायाले २ सय ७७ उनका प्रत्यासी मान बहादुर राेकायाले १ सय १५ र राजकला सार्किले २ सय ७७ र उनका प्रत्यासी कल्पना महतले १ सय २६ मत ल्याएका छन् ।

अधिबेशन जेठ १ गते बाट शुरु भएकाे थियाे ४ सय ३९ जना प्रतिनिधि मध्ये ४ सय २५ मते खसेका थिए ।  नेकपा एमाले आठौँ जिल्ला अधिवेशनको चुनावी सरगर्मीको मैदानमा अध्यक्षमा भरतबहादुर थापा र लालबहादुर ओली उत्रिएका थिए।

प्रतिक्रिया दिनुहोस्