कला/मनोरञ्जन

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी

१५ माघ २०७९, आईतवार ०४:५२

काठमाडौँ। नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी निर्विरोध चयन भएका छन्।

पशुपतिनाथ फाउन्डेसनको सभाहलमा सम्पन्न साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा अधिकारीलाई चयन गरेको हो। यो संस्था दक्षिण क्यालिफोर्नियामा विगत १४ वर्षदेखि सक्रिय सामाजिक संस्था हो।

संस्थाको उपाध्यक्षमा अर्जुन पौडेल, महासचिवमा शम्सेर भण्डारी, सचिवमा शिव शिवाकोटी निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक अग्नि चौलागाईंले जानकारी दिए। उनका अनुसार सदस्यहरुमा बबिन थापा, नवराज मुडभरी, विदुर खड्का, मणिराम न्यौपाने र छत्रबाहदुर छेत्री निर्वाचित भएका छन्।

वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्षलगायत अन्य केही सदस्यहरुको पद हाललाई खाली रहेको उनले जानकारी दिए। साधारणसभामा महिला सहभागिता सहित नयाँ कार्यसमितिलाई छिट्टै पूर्णता दिने संस्थाकी पूर्वअध्यक्ष शारदा श्रेष्ठले जानकारी दिइन्।

 

प्रतिक्रिया दिनुहोस्