Flash News

एमाले खार्पुनाथको अध्यक्षमा गिठे ऐडी

१३ जेष्ठ २०८१, आईतवार ०४:०१

 

हुम्ला । नेकपा (एमाले)  हुम्ला जिल्ला खार्पुनाथ गाउँ पालिका कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिबेशन उद्घाटन सत्रमा नेकपा (एमाले) हुम्लाका का.वा. अध्यक्ष अप्सरा हमाल र जिल्ला कमिटी उपाध्यक्ष प्रकाश बहादुर शाहीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

अधिवेशनले गिठे ऐडीको अध्यक्षतामा ४५ सदस्यिय गाउपालिका कमिटी सर्बसम्मत निर्बाचित गरेकोछ । उपाध्यक्षमा अप्सरा हमाल, सचिवमा दिपेन्द शाही, उप सचिवमा मशान्त रावल र खास ब. रावल निर्विरोध निर्बाचित भएका छन भने लेखा कमिटीको अध्यक्षमा छक्क वुढा, उपाध्यक्षमा जुनपुरी रोकाया, सचिवमा छक्क बहादुर शाही र उप सचिवमा कन्न रावल निर्विरोध निर्बाचित भएका छन ।

अधिवेशनको उद्घाटन शत्रमा नेका गाउपालिका सभापती टक्क ब. शाही, नेकपा माओवादी केन्दका नैन सिह र नेकपा एमालेका गाउ कमिटीका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्