Flash News

फिफा विश्वकप : नेपाल यूएईसँग ४ गोल अन्तरले पराजित

२५ जेष्ठ २०८१, शुक्रबार ०२:३१

काठमाडौं । फिफा विश्वकप तथा एएफसी एशियन कप संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा नेपाल यूएईसँग पराजित भएको छ ।
साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा बिहीबार राति भएको खेलमा नेपाल ४–० गोल अन्तरले पराजित भएको हो । पहिलो चरणको खेलमा पनि नेपाल युएईसँग ४–० गोल अन्तरले नै पराजित भएको थियो । जितसँगै समूह एचको शीर्ष स्थानमा रहेको युएईले पाँच खेलबाट शतप्रतिशत जितसहित १५ अंक जोडेको छ । बहराइन १० अंकसहित दोस्रो, यमन तेस्रो र नेपाल अन्तिमा रहेको छ । यमनको चार अंक छ भने नेपाल अंकविहीन अवस्थामा रहेको छ ।
यूएईको जितमा अब्दुल्ला सुहेलले दुई अली सालेह र हाजेम मोहम्मद अबुल्लाह अब्बासले समान एक एक गोल गरे । पहिलो हाफमा २–० ले पछि परेको नेपालले दोस्रो हाफमा पनि समान दुई गोल ब्यहोरेको हो । नेपालले पहिलो गोल खेलको १२औं मिनेटमा गोल खाएको थियो । हरिब अब्दुल्ला सुहेलले खेलको १२ र १४औं मिनेटमा गोल गरेका थिए ।
त्यसपछि नेपालले ५३औं मिनेटमा गोल ब्यहोरेको थियो । अलीले गोल गर्दै यूएईका लागि ३–० को अग्रता दिलाए । ७५औं मिनेटमा हाजेमले गोल गरेपछि यूएईले खेलमा ४–० को जित हासिल गर्यो । अब नेपालले यमनसँग विश्वकप छनोटको खेल खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्