Flash News

दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन र फोटोग्राफी प्रतियोगिता २०२४ सम्पन्ना

२६ जेष्ठ २०८१, शनिबार ०८:२७

  

काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले ‘दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन र फोटोग्राफी प्रतियोगिता २०२४’ ले पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको बताएका छन् ।

शनिबार ‘दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन र फोटोग्राफी प्रतियोगिता २०२४’ को ग्रान्ड फिनालेमा उनले डिजिटलको माध्यमले लुकेर बसेका प्राकृतिक सौन्दर्यताहरु र सम्भावित गन्तव्यहरुलाई समाजसामु ल्याउन सकिने भन्दै यसले पर्यटनको आगमनलाई पनि सहयोग पुग्ने बताए ।

उनले भने, ‘आज दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन र फोटोग्राफी प्रतियोगिता २०२४ को जुन ग्रान्ड फाइनल कार्यक्रमको आयो अठोट नेपालद्दारा आयोजित कार्यक्रममा यो नेपालको पर्यटन प्रवर्द्धनका लागि निकै फलदायी हुने खालको कार्यक्रम हो । यसले पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेको छु । किनभने यहाँ हाम्रो लुकेर बसेका प्राकृतिक सौन्दर्यताहरु, लुकेर बसेका सम्भावित गन्तव्यहरुलाई फोटोमार्फत सार्वजनिक गरेको छ ।’

यस्तै, एउटै स्थानमा बसेर सबै ठाँउहरुको बारेमा जानकारी दिनुपनि कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ ।

अठोट नेपालको आयोजना र प्रिजेन्टिङ नेपालको प्रस्तुतीमा दोश्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगीता कार्यक्रमको शनिबार भृकुटीमण्डप नेपाल पर्यटन बोर्डमा समापन तथा पुरस्कार बितरण कार्यक्रममा मन्त्री तामाङले नेपालको पर्यटन प्रर्बद्धनको निम्ति फोटो प्रतियोगीता आबश्यक देखिएको बताउनु भएको छ ।

प्रतियोगितामा चारवटा प्रकृति, संस्कृति, पिपुल, वाइल्ड लाइफ मुख्य विधा रहेको छ । चारवटा विभिन्न विधामा हुन लागेको यस प्रतिष्पर्धामा हरेक विधामा उत्कृष्ट बिजेतालाई ५० हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको छ ।

छानिएका तस्वीरहरुमध्ये छनौटमा परेको कुनै एक उत्कृष्ट फोटोलाई ‘फोटो अफ द इयर’ घोषणा गरिएको छ ।

कार्यक्रमको पहिलो दिन हिजो पर्यटनका विषयमा प्यानल डिस्कसन भएको थियो भने फोटोग्राफी प्रतियोगिता भएको हो ।

प्यानल डिस्कसनमा पर्यटन र वातावरण क्षेत्रसँग सम्बन्धित विज्ञ व्यक्तित्वसँग पर्यटनका निति, निर्माणका विषय, पर्यटन प्रवद्र्धन तथा सरोकारका विषयसँगै जलवायू परिवर्तनका कारण पर्यटन क्षेत्रलाई पारेको प्रभाव र आगामी दिनमा पार्ने समस्याका बारेमा छलफल भएको थियो ।

कार्यक्रम समापन समारोहमा । आर्थिक संमृद्धिको मुख्य मेरुदण्ड पर्यटन क्षेत्र भएकोले पर्यटन क्षेत्रलाई माथि उकास्न जरुरी रहेको लुम्बिनी बिकास कोषका सम्भावना दुत बिक्रम पाण्डेले बताउनु भयो । उनले भने अठोट नेपालका अध्यक्ष देबेन्द्रबहादुर शाहीलाई म धन्याबाद दिन चाहन्छु किनभने पर्यटन क्षेत्रलाई माथि उकास्न हुम्ला बाट लागि रहनु भएको छ । पाण्डेले भने हामी संग जे छ त्यो प्रस्तुती गर्ने हो

भाषा भाषि सस्कृति जल जंगल जनावर त्यो पर्यटन क्षेत्र हो । उनले भने युवा पलायन लाई रोक्ने र आर्थिक मापदण्ड स्थापित गर्न पर्यटन क्षेत्रलाई जोड दिन आबश्यक रहेका छ । फोटो ग्राफि बाट पनि पर्यटन उद्यमशीलताको बिकास गर्न सकिने नेपाल उद्योग बाणिज्य महासंघ बागमति प्रदेशका अध्यक्ष दिल सुन्दर श्रेष्ठको भनाई छ श्रेष्ठले भने नेपालको पर्यटन क्षेत्रको बिकासको लागि फोटो ग्राफि प्रतियोगिता जरुरी छ र यसलाई निरन्तरता दिन आबश्यक छ । फोटो प्रतियोगिताको समापन कार्यक्रममा कल्चरल डान्स समेत प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्