Flash News

गण्डकीलाई हराउँदै हेल्प नेपालले जित्यो भलिबल लिगको उपाधि

२६ जेष्ठ २०८१, शनिबार ०८:५९

काठमाडौं । हेल्प नेपालले आठौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष भलिबल लिग जितेको छ ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कबर्डहलमा शनिबार सम्पन्न फाइनलमा  पुरुषतर्फ गण्डकी भलिबल एसोसिएसनलाई ३–१ को सेटमा पाखा लगाउँदै हेल्प नेपालले उपाधि हात पारेको हो ।

पहिलो सेट २२–२५ ले जितेको हेल्प नेपालले दोस्रो सेट भने २५–२० ले गुमाएको थियो ।

तेस्रो र चौथो सेट हेल्प नेपाल २०–२५ र २०–२५ ले जित्दै च्याम्पियन बन्यो ।

प्रतिक्रिया दिनुहोस्