क्रिकेट

विश्वकपमा चिरपरिचत चित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामन हुँदै

२७ जेष्ठ २०८१, आईतवार ०१:५०

काठमाडौं । जारी टी–२० विश्वकप अन्तर्गत आज राती चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान आमने सामने हुँदै छन् ।
समुह ‘ए’ अन्तर्गत भारत र पाकिस्तानबीचआज हुने खेल न्युयोर्कको नासाउ काउन्टी स्टेडियममा नेपाली समय अनुसार राति सवा ८ बजेदेखि शुरु हुने छ ।
यी दुई टोलीको खेललाई विश्वकपकै सबैभन्दा ठुलो खेलका रुपमा हेरिएको छ । जारी विश्वकपमा भारतले आफ्नो पहिलो खेलमा आयरल्याण्डविरुद्ध जित निकालेको छ भने, पाकिस्तानले आफ्नो पहिलो खेल गुमायो । पाकिस्तानले अमेरिकासँग हार बेहोरेको छ । यी दुबै टोलीले आफ्नो दोस्रो खेल आज खेल्दै छन् ।
टी–२० विश्वकपमा भारत र पाकिस्तान अहिलेसम्म ७ पटक आमने सामने भएका छन्। जसमा भारतले ५ पटक जित निकाल्दा पाकिस्तानले एक पटक जितेको छ। एक खेल भने अनिर्णित बनेको थियो।
भारत र पाकिस्तानबीच अहिलेसम्म कुल १२ टी–२० खेल भएका छन्। जसमा भारतले ९ खेल र पाकिस्तानले ३ खेल जितेको छ।

प्रतिक्रिया दिनुहोस्