कला/मनोरञ्जन

पेड्रीको गोलमा बार्सिलोना विजयी

१५ माघ २०७९, आईतवार ०५:०६

काठमाडौं। पेड्रीको निर्णनयक गोलको मद्दतमा ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाले गिरोनालाई शनिबार राति १(० ले पराजित गरेको छ ।

यस जितपछि लिडर बार्सिलोनाले दोण्स्रो स्थानको रियल मड्रिडमाथि ६ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको लागि आफ्नो एक सयौं खेल पूरा गरेका पेड्रीले ६१ औं मिनेटमा गोल गरे ।

ओसमान डेम्बेले घाइते भएपछि पहिलो हाफमै पेड्री वैकल्पिक खेलाडीको रुपनमा मैदान प्रवेश गरेमा थिए । र दोस्रो हाफमा निर्णायक गोल गर्दै टिमलाई तीन अंक दिलाए । बार्सिलनेनाको १८ खेलबाट ४७ अंक छ । एक खेल कम खेलको रियलको ४१ अंक छ ।

प्रतिक्रिया दिनुहोस्