Flash News

नेपालले टस जितेर स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्ने

९ फाल्गुन २०७९, मंगलवार ०३:२१

काठमाडौँ। आईसीसी लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो  दिएका हुन्। नेपाली टिममा एक परिवर्तन गरिएको छ। तेस्रो खेलमा खेलेका तीव्र गतिका बलर गुल्सन झालाई स्पिनर ललित राजवंशीले प्रतिस्थापन गर्नेछन्।

नेपालले जारी घरेलु मैदानमा भएको सिरिजको पहिलो खेलमा नामिबीयालाई २ विकेटले तथा शुक्रबार भएको दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेट र तेस्रो खेलमा नामिबीयालाई ३ विकेटले पराजित गरेको थियो।

नेपालको प्लेङ ११:

आशिफ शेख, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी , सोमपाल कामी, करण केसी, कुशल मल्ल, सन्दीप जोरा र सन्दीप लामिछाने रहेका छ।

प्रतिक्रिया दिनुहोस्