खेलकुद

मैत्रीपूर्ण फुटबलमा अमेरिका र ब्राजिलको बराबरी

३१ जेष्ठ २०८१, बिहीबार ०८:३८

काठमाडौं  । कोपा अमेरिकाको तयारीमा रहेका अमेरिका र ब्राजिलले बराबरी खेलेका छन् । आज भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबलमा दुवै टिमले एक÷ एक गोलको बराबरी खेलेका हुन् ।

फ्लोरिडाको ओलान्डो स्टेडियममा भएको खेलमा पाहुना टोली ब्राजिलले १७ औं मिनेटमा अग्रता लिएको थियो । राफिनाको पासमा रोड्रिगोले गोल गर्दै टीमलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, २६ औं मिनेटमा मिडफिल्डर क्रिष्टियन पुलिसीको गोलमा अमेरिकाले बराबरी गरेको थियो । त्यसपछि दुवै टिमले गोल गर्न नसक्दा मैत्रीपूर्ण खेल बराबरीमै टुंगियो ।

कोपा अमेरिका २१ जुनदेखि सुरु हुँदै छ । समूह एमा रहेको अमेरिकाले २४ जुनमा बोलेभियासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दा समूह डीमा रहेको ब्राजिलले कोष्टारिकासँग जुन २५ मा पहिलो खेल खेल्ने छ । कोपाको डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना हो । २०२१ को फाइनलमा ब्राजिललाई हराउँदै लियोनल मेस्सीको कप्तानीमा अर्जेन्टिनाले कोपाको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्