विराटनगर । धनकुटा महोत्सवको क्रममा प्रमोद खरेलको प्रस्तुति हेर्न अत्यधिक मानिसहरू जम्मा भएपछि भीडमा च्यापिएर घाइते हुने ३० जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ ।
जसमध्ये १६ जनाको उपचार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । यस्तै २ जना विराटनगरस्थित गोल्डेन अस्पतालमा र अन्य १२ जना भने धनकुटा अस्पतालमा उपचार पछि डिस्चार्ज भएको धनकुटा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।
शनिबार राती ८ बजेको समयमा धनकुटा नगरपालिका ६ स्थित तल्लो टुँडिखेलमा महोत्सव आयोजना भएको थियो । गत माघ ६ गतेदेखि आयोजित एभोकाडो एवं पाचौँ धनकुटा महोत्सवमा राष्ट्रिय कलाकार (गायक) प्रमोद खरेलले प्रस्तुति दिने कार्यक्रम थियो । त्यस क्रममा मानिसहरूको धेरै भिडभाड भई गेटबाट भित्र प्रवेश गर्ने क्रममा एक आपसमा ठेलमठेल भई मानिस चेपिएका थिए ।
घाइतेहरूको विवरण:
घोपा धरानमा उपचार भई रहेको घाइतेहरू
१, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ३१ की विष्णु राई अवस्था मध्यम ।
२, ऐ. बस्ने निजकै छोरा वर्ष ६ को अबिहाङ लिम्बू अवस्था गम्भीर २३ः०० बजे गोल्डेन अस्पताल विराटनगर रेफर ।
३, वर्ष अ. ४५–५० की गोमा कार्की अवस्था मध्यम ।
४, वर्ष अ. २२-२३ की अनिषा राई अवस्था मध्यम ।
५, वर्ष अ. ४०-४२ को नारायण राई अवस्था मध्यम ।
६, वर्ष अ. ३-४ को नाम नखुलेको बच्चा अवस्था मध्यम गोल्डेन अस्पताल विराटनगर रेफर ।
७, जिल्ला धनकुटा धनकुटा धनकुटा नपा ७ अ. वर्ष ६ को प्रकट श्रेष्ठ अवस्था मध्यम ।
८, वर्ष अ. ३३–३४ की बुद्धिमाया लिम्बू अवस्था मध्यम ।
९, वर्ष अ. १७-१८ को सबिन पौडेल अवस्था मध्यम ।
१०, वर्ष ४०–४२ को सन्दीप साह अवस्था मध्यम ।
११, जिल्ला धनकुटा धनकुटा नपा ४ बस्ने वर्ष १२ को प्रवेश राई, अवस्था मध्यम ।
१२, जिल्ला धनकुटा धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष १२ की श्रेया कटुवाल, अवस्था मध्यम ।
१३, जिल्ला धनकुटा धनकुटा नपा ७ वर्ष ३६ की हिरा राना, अवस्था मध्यम ।
१४, जिल्ला धनकुटा धनकुटा नपा ७ बस्ने वर्ष ३० की अनुषा याखा राई, अवस्था मध्यम ।
१५. जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ३० की विनीता लिम्बू, अवस्था मध्यम ।
१६, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष १३ को सबिन लिम्बू, अवस्था सामान्य ।
१७, जिल्ला धनकुटा धनकुटा नपा ५ बस्ने वर्ष ११ को सुनिल लिम्बू अवस्था सामान्य ।
१८, जिल्ला धनकुटा धनकुटा नपा ७ अ. वर्ष ५० को प्रकाश प्रधानलाई ११ बजे राती घोपा धरान पठाएको खुट्टामा चोट, बोल्न सक्ने ।
जिल्ला अस्पताल धनकुटामा १२ जना सामान्य उपचार पश्चात् डिस्चार्ज भएको
१, धनकुटा नपा ७ बस्ने वर्ष १४ को अंशु सुबेदी अवस्था सामान्य ।
२, धनकुटा नपा १ बस्ने वर्ष ४६ को बिसन तामाङ अवस्था सामान्य ।
३, धनकुटा नपा १ बस्ने वर्ष ४१ को उदित राई अवस्था सामान्य ।
४, धनकुटा नपा १ बस्ने वर्ष ८ को आर्यन राई अवस्था सामान्य ।
५, धनकुटा नपा १ बस्ने वर्ष ४८ को नन्द कुमार तामाङ अवस्था सामान्य ।
६, धनकुटा ५ बस्ने वर्ष ४१ की शान्ता योगी अवस्था सामान्य ।
७, धनकुटा ३ वर्ष ४० कि रेनुका गुरागाई अवस्था सामान्य ।
८, पख्रिबास १ बस्ने वर्ष २३ की रिना पाण्डे अवस्था सामान्य ।
९, धनकुटा ७ बस्ने कुशुम श्रेष्ठ राना अवस्था सामान्य ।
१०। धनकुटा ६ बस्ने वर्ष ४० को प्रेम दाहाल अवस्था सामान्य ।
११, धनकुटा ५ बस्ने वर्ष ३० कि विनीता सुब्बा अवस्था सामान्य ।
१२, पख्रिबास ६ बस्ने वर्ष १७ को अनिश कार्की अवस्था सामान्य ।