खेलकुद

अन्तर विद्यालय फुटसल टूर्नामेण्ट सम्पन्न

१२ असार २०८१, बुधबार ११:२६

   

काठमाडौं । विजडम एकेडेमी एण्ड रिसर्च सेन्टरको आयोजनामा अन्तर बिधालय फुटसल टूर्नामेण्ट सम्पन्ना भएको छ ।

टूर्नामेण्ट यही जेष्ठ १० देखी ११ मा आयोजना भई सम्पन्ना भएको थियो । फुटसल टूर्नामेण्टमा १४ बिधालयले भाग लिएका थिए भने सो टूर्नामेण्टमा ब्राईट एन्जल्स बिधालय उत्कृष्ट पेनाल्टी सुट आउट गर्दै खेल जित्न सफल भएको थियो ।

उक्त फुटसल टूर्नामेण्टका प्रमुख अतिथी हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावत, बिशेष अतिथी एन्फा टेक्निकलका पंकज शाही, अतिथी नेपाल खेलकुद महासंघका प्रीति ब. राउत लगायत अन्य अतिथी तथा खेल प्रेमीहरुको ब्यापक सहभागितामा सम्पन्ना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्