गण्डकी प्रदेश

घरमाथि पहिरो खस्दा एक युवकको मृत्यु

२६ असार २०८१, बुधबार ११:३०

काठमाडौँ । कास्कीको पोखरा महानगरपालिका-२७ सहेलापाटामा आज बिहान घरमाथि पहिरो खस्दा एक युवकको मृत्यु भएको छ । कमला थापाकी २२ वर्षीय छोरा भीमबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कमलाको सकुशल उद्धार गरिएको छ । इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनीहरुको उद्धार गरेको थियो । घटनास्थलमा सशस्त्र प्रहरीको मालेपाटनस्थित कालिका गणको टोली पनि खटिएको छ ।

प्रतिक्रिया दिनुहोस्