Flash News

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

२६ असार २०८१, बुधबार ११:३८

रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका-६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । चालक रुन्टीगढी-६ निगालपानीका अन्दाजी ३२ वर्षीय महेश थापाको मृत्यु भएको प्रहरीले बताएको छ ।

थापाको घटनास्थलमै मृत्यु भएको हो । तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे गाडी फर्किने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते भएका छन् ।

इप्रका होलेरीका अनुसार गाडी दुर्घटनाको कारण खुलेको छैन । मिनीट्रक सडकदेखि करिब ६० मिटर तल भिरमा अड्किएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस्