Flash News

नदीमा डुबेर कैलालीमा एकजनाको मृत्यु

२६ असार २०८१, बुधबार १२:०२

काठमाडौँ । कैलालीको धनगढीमा नदीमा डुबेर एक पुरुषको मृत्यु भएको छ ।

मंगलबार धनगढी उपमहानगरपालिका – १० जुगेडा कटानका ५० वर्षीय लालबाबु रानाको मोहना नदीमा डुबेर मृत्यु भएको हो ।

उनी नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएपछि खोजि गर्दा प्रहरीले नदीमा शव फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्