अर्थतन्त्र

विदेशी मुद्राको विनिमय दर

३१ असार २०८१, सोमबार ०७:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९६ रुपैयाँ रहेको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिद दर १४५.४६ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.१२ रुपैयाँ रहेको छ ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७३.२९ रुपैयाँ रहेको छ भने बिक्री दर १७४.०७ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.४७ रुपैयाँ रहेको छ भने बिक्री दर ९०.८८ रुपैयाँ रहेको छ ।

त्यसैगरी, साउदी रियाल एकको खरिद दर ३५.५६ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७२ रुपैयाँ रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८.५६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्