अन्य

न्यूरोडको फुटपाथ विस्तारमा स्थानीयको अवरोध

४ श्रावण २०८१, शुक्रबार १७:५१

काठमाडौं । काठमाडौं महानगरपालिकाको न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको कार्यमा न्युरोडका स्थानीय बासीले फेरि अवरोध गरेका छन् ।

शुक्रबार न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै उनीहरु सडक प्रर्दशनमा उत्रिएका हुन् ।

उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरले बुधबार बिहानदेखि न्यूरोडमा फुटपाथको काम  र कालोपत्रे भत्काउन सुरु गरेको थियो ।

तर स्थानीय र व्यापारीहरुले न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै विरोध प्रर्दशन गरेका हुन् ।

‘सयौं वर्ष पुरानो हो । यो त एउटा ईतिहास भइसकेको कुरा जनताले सरकारलाई कर तिरेर त्यहाँ बनाईसकेको घरलाई दखल गर्न पाईदैन्’, एक स्थानियले भने ।

यसअघि काठमाडौँ महानगरपालिकाले न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रकिया अगाडि बढाएको थियो ।

स्थानीय र व्यापारीको अवरोधकैबीच महानगर काम सुरु गरी कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो ।

फुटपाथ विस्तारका लागि सडकको कालोपत्रे समेत भत्काइसकेको अवस्थामा सडक डिभिजन कार्यालयले हस्तक्षेप गरेर काटेको कालोपत्रे पनि टालेको थियो ।

प्रतिक्रिया दिनुहोस्