अन्य

हुम्लाको चंखेलीमा बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते

५ भाद्र २०८१, बुधबार ११:१९

हुम्ला । हुम्ला जिल्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिकामा बुधबार विहान  ८ बजेको समयमा बोलेरो जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

घाईतेमध्ये ५ जनाको अवस्था चिन्ताजनक छ ।   कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका-२ गर्खा देखि देउली बजार तर्फ आउँदै गर्दा मुगु सडकखण्डको गौरी सल्ला स्थित दुर्घटना भएको स्थानियले बताउनुभयो । चालक सहितसात जना सवार रहेको उक्त जीपमा पाँच जना घाइते भएको र दुई जनाको अवस्था सामान्य रहेको स्थानियले बताउनु भयो ।

घाइते हुनेमा चंखेली गाउँपालिका घर भएका ३५ वर्षिय सुरेन्द्र शाही, ५० वर्षिय तील बहादुर शाही, १५ वर्षिय रविन शाही र मुगुको छायानाथ नगरपालिका–१३ का ४० वर्षिय पुथ्वि रावत र बोलेरो जीप शाही रमेश मल्ल  घाइते भएको जानकारी प्राप्त भएको छ । उनिहरुको शरिरका विभिन्न भागमा चोट लागेको बताइएको छ । यस्तै बाजुरा बुढीनन्दा नगरपालीका–४ घर भएका सावरी चालक महेन्द्र विक्रम शाह र चंखेली गाउँपालिका–२ बस्ने मायादेवी शाही सामान्य घाइते भएका छन् ।

दुर्घटना हुनासाथ मिमि प्रहरी चौकीका प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको सात जनाको टोली घटनास्थल पुगेर उद्धार गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्