कला/मनोरञ्जन

‘कैले पोई पाउन्याँ होइ’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

१४ फाल्गुन २०७९, आईतवार १५:०३

काठमाडौँ। नव गायक अनिल दर्जी र पम्फा कँडेलको स्वरमा नयाँ देउडा गीत बजारमा आएको छ।

राजेन्द्र शाह ‘वीपी’ को लय तथा शब्द रहेको ‘कैले पोई पाउन्याँ होइ’ बोलको गीत आइतबार सार्वजनिक भएको हो। विनोद बाजुरालीको संगीत संयोजन रहेको उक्त गीत अस्मी अफिसियल नामक युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशको लोक सँस्कृति बोकेको उक्त गीतले देउडा संस्कृतिको थप उजागर र सम्वद्र्धन गर्ने अपेक्षा रहेको निर्माण टिमले जनकाएको छ। भारतको बैङलोरमा रहेका प्रवासी नेपाली कलाकार र श्रमिकहरूले उक्त गीत निर्माण गरेका छन्।

सागर खड्काको निर्देशन रहेको म्युजिक भिडियोको मुख्य अभियनको भूमिकामा रोहित मायाकोटी, विशाल योगी, सिता परियार र दानबहादुर नेपालीको अभिनय रहेको छ। म्युजिक भिडियोको निर्देशन र सम्पादन सागर खड्काको रहेको छ।

प्रतिक्रिया दिनुहोस्