अन्य

बीपी राजमार्ग बेलुका पनि सञ्चालन सुरु

८ कार्तिक २०८१, बिहीबार ०८:५९

काठमाडौं । बाढी पहिरोले क्षतिग्रस्त बनेको बिपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसीसम्मको खण्ड राति पनि सञ्चालन हुन थालेको छ ।

यसअघि मर्मतका लागि भन्दै बेलुका सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो । गयरातिदेखि राति पनि सडक खुलेको हो ।

सडक डिभिजन कार्यालय, भक्तपुरले बुधबार सूचना प्रकाशन गरी राजमार्गको धुलिखेल–भकुण्डेबेंसी खण्ड २४सै घन्टा सञ्चालन हुने जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्