पर्यटन

मायादेवी सुत्केरी मार्ग विश्वमै नयाँ पर्यटकिय गन्तव्य बन्दै – बिक्रम पाँडे काजी

१३ पुष २०८१, शनिबार २२:०७

   

काठमाडौं । मदर मायादेवी सुत्केरी मार्ग म्याराथनको योजना सार्बजनिक गर्ने कार्यक्रम नुवाकोट घर, सानेपा ललितपुरमा आयोजना भयो ।

कार्यक्रममा लुम्बिनीका सदभावना राजदुत बिक्रम पाँडे काजीले आफ्नो कन्सेप्ट पेपर प्रस्तुत गर्दै मायादेवी सुत्केरी मार्ग विश्वमै नयाँ पर्यटकिय गन्तव्य बन्ने बताउनु भएको थियो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले महानगर भित्र रहेका सम्पदाको संरक्षण गदै पर्यटन बिकाशमा धैरै सुधार गरेको बताउनु भयो ।

कार्यक्रममा पुर्ब पर्यटन मन्त्री याङ्कीला शेर्पा, कुलमान घिसिङ लगायतले आफ्नो धारण राखेका थिए ।

सो अवसरमा दुई पाङ्ग्रे क्विन्स महिला राईडर उत्कृष्ठ १० जना महिला राईडरहरु श्री सोनाम शाही, मनिषा ठकुरी, तुलसा पहाडी, मोनिका रजनी मगर, भवानी सुबेदी थापा, सुनिधी राई, सबिना श्रेष्ठ, दिक्षा लामा, मनी खत्री, आयुसा के.सी. लाई मेयर चिरिबाबु महर्जनको हातबाट प्रमाण पत्र प्रदान गरि सम्मानित गरिएको थियो ।

कार्यक्रमको संचालन देबेन्द्र बहादुर शाहीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्