सन्तोषी रावल । खोई त छोरिको लागी शुरक्षित रहने ठाँउ ? हामी छोरि मान्छेलाई यो समाजमा किन स्वतन्त्ररुपमा बाँच्न दिइदैन ? छोरिलाई घृणित किन वनाउदैछ यो समाजले ? बनजंगल, पानी पँधेरा, बाटोघाटोमा खुलेआम हिनेको किन देख्न सहदैनन? ति पापि आँखाले ?
घटना विभिन्न कारणले घटिरहेका हुन्छन । विषेश गरि आज हामी छोरीलाई यो देशमा सहजरुपमा बाँच्न किन दिईदैन वलात्कार वाट, दाईजोको नाममा बुहारिले खेप्नु परेको हिंसा, छोरि भएकै कारण पुरुष भन्दा तल्लो दर्जामा रहि वस्नु छाउपडि प्रथाले ज्यान गुमाउनु पर्ने बाध्यता हामी महिलाको मुख्य समस्या रहेको छ र यि समस्या खेपि आईरहेका छौं । तपाँई हामीलाई स्पस्ट तरिका वाट थाहा छ । महिला पुरुष वरावर भन्ने यो समाजले किन अझै महिलाले महिला भएकै कारण समाजको तल्लो दर्जामा राख्दछन् । केहि समाज बुझेको भएतापनि नेपालको अधिकांस ठांउमा महिलाहरु वुलन्द भएर बसेको पाउन सक्छौं, पुरुष समाजले मपाई गर्दा नै महिलाले वुलन्द बस्नु परेको छ ।
छोरि मान्छेको हत्या हुन्छ तर न्याय पाईदैन, नेपालको संविधानमा लेखिएको छ धारा १८ मा समानताको हक, धारा २० मा न्याय सम्बन्धी हक, धारा २१ मा अपराध पिडितको हक,धारा २९ मा शोषण विरुद्धको हक, धारा ३८ मा महिलाको हक, धारा ३९ मा बालवालिका को हक, भनेर उल्यख गरिएको छ । आखिर कागजमा मात्र सिमित भयो । र लाग्छ न्याय मरेको देश भन्न मन लाग्छ ।
विभिन्न ठांउमा किशोरिको फरक फरक तरिकाले मृत अवस्थामा भेटिने गर्दछन । निर्मला,भागरति जस्तै अन्य थुप्रै किशारिले ज्यान गुमाएका छन् । न्याय पाउदैन मार्यो एक दुई दिन हल्ला खाल्ला भयो सकियो आखिर किन ? यस्तै हिजो मात्र अछाममा बाख्रा चराउन गोठाला गएकि दुई किशोरी मृत अवस्थामा भेटिएकि छन् मृत अवस्थामा भेटिने ढकारि गांउपालिका पल्साता कि १४ बर्षिय ईश्वरी खड्का र १६ वर्षिय सरस्वती खड्का रहेकि छन् । शुक्रवार वाख्रा चराउन गएकि दुई किशोरिको शव सनिबार दिउसो पाईएको छ । उनि दुबै एकै घरका दुई दिदी वहिनी हुन, मृतकको घटनाको छानविन सत्य तथ्य तरिकाले होस ।
नेपालमा हामी छोरि चेलीको लागी पनि न्यांय छ भन्ने आभाष होस, संविधानमा मात्र सिमित नहोस नेपाली पिडित महिलाको तर्फवाट आवान ।