हुम्ला । प्रेस चौतारी नेपाल हुम्लाले २७ औँ स्थापना दिवस मनाउनुका साथै स्वागत तथा सम्मान कार्यक्रम गरिएकाे हाे ।
प्रेस चाैतारी नेपाल हुम्लाका अध्यक्ष नन्द सिहंको अध्यक्षता तथा नेकपा एमाले पार्टी जिल्ला कमिटी हुम्लाका उपाध्यक्ष प्रकाश बहादुर शाहीको प्रमख आतिथ्यमा कार्यक्रम सञ्चालन भएको हो ।
कार्यक्रममा प्रेस चौतारी नेपाल हुम्लाले लामो समयदेखि संगठनमा अतुलनीय भुमिका खेलेको प्रति सम्मान गर्दे केन्द्रीय सदस्य रमेश ऐडीलाई सम्मान र समाजबादी प्रेस संगठनका जिल्ला अध्यक्ष मिमसिह नेपाली पुनः प्रेस चाैतारी नेपालमा समाहित भएकाे भन्दै उनलाई स्वागत गरिएको थियो ।
कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य रमेश ऐडी, एमाले जिल्ला उप सचिव प्रदिप लामा, प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव अर्जुन बोहरा, नेपाल पत्रकार महासंघ, हुम्लाका अध्यक्ष राजन रावत, प्रेस युनियनका जिल्ला उपाध्यक्ष छपाल लामा र प्रेस सेन्टरका जिल्ला अध्यक्ष तिलसरा विक लगायतले स्थापना दिवसको अवसरमा शुभकामना मन्तव्य राखेका थिए ।