हिमालय प्रेस । पहिला दिनभरि मजदुरी गरेर पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक रुएक हजार आम्दानी गर्न थालेकी छन् ।
महिला पुरुस समान भनेता पनि त्यो भनाई मुखमा र लेखाई कागजमा मात्र सिमित भएको छ ।
काम उहि समय उहि तर फरक ज्याला
महिला भएकै कारण हेपिनु परेको कुरा यत्रतत्र सर्वत्र छ । आफुलाई केहि आम्दानी गर्नको लागी हामी काम गर्न थालेका हुन्छौ, पैसा पाउने आसामा पुरुस सरह काम गर्न थाल्छौ तर पुरुस खुसिका साथ ज्याला बढि लिन्छन महिलालाई त्यहिकाममा ज्याला कम दिइन्छ । यस्तै घटनाकि एक पात्र हुन पार्वती डगौरा,
घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैँ घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन । प्रयास गरे के हुँदैन के मिस्त्रीको काम पुरुसले मात्र गर्दा हुन्छ त ? भन्ने हिसावले काम सिकेर ठेकेदारको जिम्मा लिन थालिन,
‘दिनभर पुरुषसरह मजदुरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफै मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ,’ पार्वतीले भनिन्, ‘दातृ निकायको सहयोगमा मैले वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ ।’ उनले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाको सहयोगमा ६० दिने राज मिस्त्रीको तालिम लिएको बताइन ्।
‘सुरूमा मजदुरी गर्थे दिनको पाँच सय मात्रै ज्याला पाउँथे। अहिले आफै घर निर्माणको ठेक्का लिन थालेकी छु,’ डगौराले भनिन्, ‘अहिले आफूले मिस्त्रीको काम गर्दा दैनिक एक हजार आम्दानी हुन्छ।’ राज मिस्त्रीको तालिम सकिनेबित्तिकै गाउँमा एउटा घर निर्माणको ठेक्का मिलेको मिलेको भन्छिन
‘मजदुरी गरेर मात्रै घरखर्च धान्न गाह्रो भयो अब आफै मिस्त्रीको काम गर्नुपर्छ भनेर हिम्मत गरेँ,’ उनले भनिन्, ‘मैले महिला पुरुष दुवैको ज्याला समान गरेकी छु । आफूले भोगेको जस्तो ज्यालामा विभेद गरेको छैन।’
पार्वतीले गाउँमै तीन वटा घरको ठेक्का लिएर निर्माण सम्पन्न गरि सकेकि छन् । एउटा घरको काम नसकिँदै अर्को घरको ठेक्का पाउन थालीन
‘अहिले धेरै सजिलो भएको छ ठेक्का पाइराखिएको छ,’ उनले भनिन्, ‘पहिला मजदुरीमा जाँदा थोरै ढिला भए पनि ठेकेदारले फर्काइदिन्थ्यो।’
दृढ इच्छा शक्ति धैर्य र निरन्तरता हुने हो भने कुनै चिज असम्भव नहुने रहेछ डगौराको ‘यहाँ ज्यालामा धेरै विभेद छ, एउटै कामको ज्याला पुरुषलाई बढी छ महिलालाई कम दिइन्छ,’ उनले भनिन्, ‘यो विभेद अन्त्य गर्नका लागि पनि मैले हिम्मत गरेर तालिम लिएर आफै घर निर्माणको ठेक्का लिन थालेकी हुँ,’ अहिले उनले अरू महिलालाई रोजगारी दिएकि छन् । पुरुस सरह महिलाले पनि यो समाजमा सिर उठाएर काम गर्न सक्छिन भन्ने एउटा राम्रो उदारण बनेकि छन ।