अन्य

जलवायु परिर्वतनको असर न्यूनिकरण गर्न कर्णालीबासी सचेत हुनु पर्ने : वनमन्त्री शाही

७ फाल्गुन २०८१, बुधबार २०:५९

   

काठमाडौ । नेपाल सरकारका वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिर्वतनको बढी असर कर्णाली क्षेत्रमा परेको बताउनु भएको छ । आज प्रजातन्त्र दिवसको अबसरमा कर्णाली एकता समाज काठमाडौले थानकोट मातातिर्थमा आयोजना गरेको जलवायु परिर्वतन अनुकुलन प्रर्बधन गरौ रुख रोपौ वातावरणीय प्रदुषण बाट बचौ भन्ने मुल नाराका साथ  जलवायु परिर्वतन बिषयक जनतेतनामुलक सांस्कृति तथा देउडा कार्यक्रममा वनमन्त्री शाहीले पछिल्लो पटकहरुमा जलवायु परिर्वतनको असरले कर्णालीबासी मारमा परेको बताउनु भएको छ । जलवायु परिर्वतनले कर्णालीमा हिउ पर्न छोडिसक्यो बाहैमहिना सेताम्य देखिने हिमाली काला देखिन थालिसके मन्त्री शाहीले भन्नुभयो जलवायुको असरले कृषि निर्भर किसानहरु बढी असर खेप्नु परेको छ ।

मन्त्री शाहीका अनुसार जलवायु परिर्वतनले गर्दा कहिले खडेरी कहिले अत्याधिक बर्ष हुदा कर्णालीको जनजीवनमा असर पुगेको छ । हिमपात र बर्षा नहुदा अन्नबाली फलफुल जडिबुडी उत्पादन ह्रास आउदा त्यसको प्रत्यक्ष स्थानीयलाई परेको मन्त्रीले भन्नुभयो ,। जलवायुको असरले कर्णाली क्षेत्रमा पानीका मुहान सुक्दै गएको वन क्षेत्रमा बढी डडेलो लाग्न थालेको उहा“को भनाई छ । जलवायु परिर्वतनले सिमित मानव जातिलाई मात्र नभर वन्यजन्तु पशुपंक्षि समेतलाई असर परेको मन्त्रीको भनाई छ । मन्त्रीले भन्नुभयो जलवायु परिर्वतनको असर न्यूनिकरण गर्न कर्णालीबासी सचेत सजग हुनु पर्ने बेला आएको छ ।

जलवायुको असर न्यूनिकरण गर्न स्थानीयबासी, युवायुवतीहरु कलाकार बर्गले देउडा गीत मार्फत जनचेतना मुलक अभियान सुरु गर्न मन्त्रीले आग्रह गर्नु भएको छ । कलासांस्कृतिप्रेमीहरु जलवायु परिर्वतनको बिषयलाई उजागर गर्नु पर्ने उहाको भनाई रहेको छ ।

कार्यक्रम कर्णाली एकता समाजका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा, कर्णाली प्रदेशका सामाजिक बिकाश मन्त्री तथा नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य दल रावल, जिल्ला समन्वय समिती हुम्लाका प्रमुख शिबराज शर्मा, एमालेका केन्द्रिय सदस्य दल फडेरा लगायतको आतिथ्यतामा सम्पन्न भएकोछ ।

कार्यक्रममा कर्णालीका उदयमान गायक गायिकाहरु नबराज भण्डारी, संगिता बडुवाल, सुस्मिता भेरिकार लगायतले प्रस्तुती पस्केका थिए  बिभिन्न कामको सिलसिलामा काठमाडौमा रहेका कर्णाली क्षेत्रका महिला पुरुष कर्मचारी युवायुवती र कलाकारहरुलाई कर्णाली एकता समाजले बेला बखत देउडा तथा सांस्कृति कार्यक्रम गरि जमघट गर्दै आएको छ । कर्णाली एकता समाज काठमाडौले आयोजना गरेको उक्त कार्यक्रममा कर्णाली क्षेत्रका उत्कृष्ट देउडा तथा लोक गायक कलाकारहरु, कर्णाली प्रदेशका पूर्बमन्त्री तथा सभासद, राजनीतिक दलका प्रतिनिधि समाजसेवा महिला पुरुष युवा युवतीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्