तपाईंलाई कसले धेरै माया गर्छ भनेर एकछिन आनन्दले बसेर सोच्नुहोस् त, सबैभन्दा पहिला आमाको नाम आउनेछ। जबकी बुवाको पनि सन्तानप्रति उस्तै लगाव हुन्छ। तर, हाम्रो समाजमा केटा र केटीलाई फरक तरिकाले हुर्काइन्छ। केटीहरूलाई नरम हुन सिकाइन्छ र केटाहरूको व्यवहार कठोर मानिन्छ।
सायद यही कारणले गर्दा हामी आफ्नो मनको सबै कुरा आमालाई सुनाउँछौं र बुवासँग कुरा गर्न हिचकिचाउँछौं। जब मानिस आमाबुवा बन्छन्, आफ्नो बाल्यकालको पालनपोषणको छायाँ छोराछोरीमा पर्छ। बच्चाको सही लालनपालनका लागि पिताको मुख्य भूमिका हुन्छ। यस्तोमा यदि बुवाको व्यवहार वा बानी बच्चाप्रति सही हुँदैन भने बच्चाको विकासमा बाधा पैदा हुनसक्छ। आज हामी तपाईंलाई बच्चाको लालनपालनसँग जोडिएका यस्ता पाँच गल्तीबारे जानकारी दिँदैछौँ जुन अञ्जानमा गर्ने गरिन्छ।
१. बच्चा प्रति अत्यधिक कठोर व्यवहार
यदि तपाईं बुबा हुनुहुन्छ भने, बच्चाप्रति आफ्नो व्यवहार हेर्नुहोस्। यदि तपाईं बच्चाप्रति धेरै कठोर हुनुहुन्छ, वा यदि तपाईं बच्चासँग धेरै रिसाउनुहुन्छ भने, बच्चाको तपाईंसँग लगाव हुनेछैन। बढी कठोर व्यवहार गर्दा, बच्चाहरू आफ्ना कुराहरू साझा गर्न डराउँछन् र तपाईंसँग समय बिताउन पनि हिच्किचाउँछन्। यदि बच्चाले गल्ती गर्छ भने उसलाई बुझाउनुहोस्, तर स्वभाव नम्र राख्नुहोस्।
२. बच्चालाई बुवाले समय दिँदैनन्
पुरुषहरूमा घरको आर्थिक जिम्मेवारीको बोझ हुन्छ । यस्तो अवस्थामा परिवार र छोराछोरीलाई समय दिन सक्दैनन् । तर यसले बच्चाको पालनपोषणमा नराम्रो असर पार्न सक्छ । हरेक दिन बच्चालाई समय दिन नसके पनि बिदाको दिन बच्चालाई समय दिन नबिर्सनुहोस् । यदि तपाईंले बच्चालाई समय दिनुभयो भने, तपाईं र बच्चा बीचको सम्बन्ध बलियो हुनेछ ।
३. बुवा ले बाल हेरचाह सम्बन्धी काम गर्दैनन्
बच्चाको हेरविचारको जिम्मेवारी धेरैजसो आमाकै हुन्छ । यो पनि एक कारण हुन सक्छ कि बच्चाहरु आमासँग बढी लगाव महसुस गर्छन् । एक बुबाको रूपमा, आफ्नो बच्चाको हेरचाह गर्न आफ्नो पार्टनरलाई साथ दिनुहोस् । यसले तपाई र तपाईंको पार्टनर बिचको सम्बन्धलाई मात्र गहिरो बनाउँदैन, तपाईं प्रति बच्चाको प्रेम उमेरसँग बढ्नेछ ।
४. बालबालिकाको अध्ययनमा कडाई
स्कुलमा रिपोर्ट कार्ड देखाउँदा बुवालाई सँगै लैजान डर लाग्थ्यो, के तपाईं त्यो समय याद छ ? कारण थियो, बुवाहरु पढाइप्रति बढी कडा हुनु । बच्चालाई पढ्न प्रोत्साहन दिनुहोस् । तर, पढाइका लागि दबाब दिनु गलत हो । पढाइको दबाबमा आएर बच्चाको मानसिक स्वास्थ्यमा नराम्रो असर पर्न सक्छ ।
५. बच्चालाई माया गरेको देखाउँदैनन्
बुवा धेरैजसो एक्सप्रेसिभ हुँदैनन् । अर्थात्, उनीहरु बच्चालाई माया त गर्छन् तर माया गर्छु भनेर देखाउँदैनन् । पुरानो समयमा यस्तै चलन थियो । तर अब समय फेरिइसकेको छ । बच्चा आफ्नो आमा–बुवासँग कनेक्टेड हुन चाहन्छन् र उनीहरुलाई साथी बनाएर राख्न चाहन्छन् । बच्चालाई प्रेम गर्नुका साथै प्रेम जताउन पनि त्यत्तिकै जरुरी छ । आफ्नो बच्चालाई यो महसुस गराउनुहोस् कि उनी तपाईंका लागि कति विशेष छन् ।
बच्चाको सही लालनपालनको सहज तरिका भन्नुपर्दा बच्चालाई समय दिनुहोस् । उनीहरुलाई कडा व्यवहार नगर्नुहोस् । बच्चाको समस्यालाई गम्भीरताका साथ लिनुहोस् र उनीहरुलाई सहयोग गर्नुहोस् । एजेन्सी