पर्यटन

सम्पदा स्वदेश फिर्ता ल्याउन सरकारले सहकार्य गरिरहेको छ ः मन्त्री पाण्डे

२४ फाल्गुन २०८१, शनिबार ०७:५३

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल सरकार सांस्कृतिक सम्पदाको पुनःस्थापनासम्बन्धी स्पष्ट नीति निर्माणको प्रक्रियामा रहेको बताएका छन् ।

जर्मनीको भ्रमणमा रहेका मन्त्री पाण्डेले हाइडेलबर्गस्थित सेनटर फर एशिया एण्ड टान्स कल्चर स्टडिजले मन्त्रीको सम्मानमा शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधनका क्रममा उनले विश्वका अन्य देशमा रहेका नेपाली सम्पदाहरु फिर्ता ल्याउने काम सरकार, विभिन्न संस्था तथा विद्वानहरूबीचको सहकार्यबाट हुँदै आएको बताए ।

नेपालका प्रचिन ग्रन्थ तथा लिखित सम्पदालाई जर्मनीमा सुरक्षित रूपमा संरक्षण गरिएको पाउँदा आफूलाई खुशी लागेको उल्लेख गर्दै मन्त्री पाण्डेले प्रोफेसर माइकल्स र उनका टोलीले महत्वपूर्ण सम्पदाको संरक्षणका लागि गरेको योगदानको प्रशंसा गरेका थिए ।

नेपालका लिखित तथा निभिन्न सम्पदाको संरक्षणमा जर्मनीसँग लामो समयदेखि नेपालले काम गरिरहेको र नेपाल–जर्मनबीच पाण्डुलिपि संरक्षण परियोजना ४० वर्षभन्दा बढी सञ्चालनमा रहेको उल्लेख गर्दै यसबाट हजारौं पाण्डुलिपिहरू सुरक्षित राख्न सहयोग पु¥याएको र यो अझै जारी रहेको मन्त्री पाण्डेले बताए ।

मन्त्री पाण्डेले राष्ट्रिय अभिलेखालयले जर्मनीका विश्वविद्यालयहरूसँग लामो समयदेखि सहकार्य गर्दै आएको र यसबाट  जसले यी सामग्रीको संरक्षणमा महत्वपूर्ण योगदान पुगेका बताए ।

सो अवसरमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रूपाखेतीले जर्मनीमा रहेको महत्वपूर्ण पाण्डुलिपिहरु तथा अन्य सम्पदा नेपाल फर्कउन आफूले सक्दो प्रयास गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्