विराटनगर, २६ चैत । कोशी प्रदेश सरकारको आयोजनामा २०८२ सालभर मनाइने कोशी पर्यटन वर्षको सम्पूर्ण तयारी पूरा भएको छ ।तेह्रथुमको तीनजुरेमिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ गरिने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताए ।
प्रदेश सरकारले भारतबाट आउने पर्यटकको सुविधालालाई दृष्टिगत गरी उनीहरु सवार सवारीसाधनमा ‘स्टिकर’ टाँस्ने व्यवस्था गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अगुवाइमा त्यस्तो व्यवस्था भएको हो ।
पर्यटन वर्षलाई सफलतापूर्वक सम्पन्न गर्न पर्यटन वन तथा वातावरणमन्त्री सदानन्द मण्डलको संयोजकत्वमा निर्देशन समिति गठन भएको छ ।