अदालत/प्रशासन

पत्रकार महासंघ कैलालीले राष्ट्रिय मानव अधिकार आयोग धनगढीमा ज्ञापन पत्र बुझायो

२८ चैत्र २०८१, शुक्रबार २०:०४

हिमालय प्रेस ।   नेपाल पत्रकार महासंघ कैलालीले राष्ट्रिय मानव अधिकार आयोग प्रादेशिक कार्यालय धनगढीमा ज्ञापन पत्र बुझाएको छ ।
शुक्रवार कैलाली शाखाका अध्यक्ष श्रवण देउवाको नेतृत्वमा गएको टोलीले सञ्चार गृह र सञ्चारकर्मीमाथि आक्रमण तथा पत्रकार सुरेश रजकलाई आगोमा जलाएर हत्या गरिएको घट्नाको विषयमा दबाव सहित चासो दिन ध्यानाकर्षण गराउँदै मानवअधिकार अधिकार आयोगमा ज्ञापन पत्र बुझाएको हो ।

घटनाको निष्पक्ष र स्वतन्त्र छानबिनका लागि आग्रह गर्दै पत्रकार महासंघ कैलाली शाखा मार्फत ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै मानव अधिकार आयोग प्रादेशिक कार्यालय धनगढीका प्रमुख प्रकाश भट्टले पछिल्लो समयमा प्रेस स्वतन्त्रता हनन् का घटना बढेको बताउँदै सुदूरपश्चिम प्रदेशमा पनि चासोका साथ हेरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्