अदालत/प्रशासन

टोपबहादुर रायमाझी रिहा हुदै

१८ कार्तिक २०८३, मंगलवार १९:२५

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कात्तिक २६ गते रिहा हुने भएका छन् ।

६५ वर्ष उमेर पूरा हुन लागेकाले ज्येष्ठ नागरिकसम्बन्धी कानुनअनुसार कैदमा २५ प्रतिशत छुट पाउने भएपछि काठमाडौं जिल्ला अदालतले उनको कैदमुक्तिका लागि डिल्लीबजार कारागारलाई संशोधित कैदीपुर्जी पठाएको हो । रायमाझी कार्तिक २५ गते ६५ बर्ष पुरा हुदैछन् ।

रायमाझीलाई उक्त प्रकरणमा दोषी ठहर गर्दै २०८३ असार ३० गते चार वर्ष कैद सजाय सुनाइएको थियो । उनी २०८० वैशाख २० गते पक्राउ परेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्