हिमालय प्रेस
६ वैशाख । नेकपा ९एकीकृत समाजवादी०की नेतृ रामकुमारी झाक्रीले आन्दोलनरत शिक्षकको रमिता बढी भएको टिप्पणी गरेकी छिन् ।
शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले सडकबाट ऐन पास हुने हो रु भन्दै शिक्षकहरूलाई प्रश्न गरेकी छिन् ।
‘शिक्षक, सरकार र संसदको बीचमा समन्वय र संवाद गराउनु पर्यो भनेर धेरै कोणबाट उहाँहरूसँग कुरा पुराउने, संवाद गर्ने प्रयास पनि गरेँ। तर उहाँहरू त संवाद नै नगर्ने रे रु शिक्षा ऐन अहिलै पास हुनुपर्छ अन्यथा हामी विधालय फर्कदैनौँ भन्नुहुन्छ । के ऐन सडकबाट पास हुने हो र रु’ झाक्रीको प्रश्न छ ।
उनले विधेयक पास गर्ने पनि निश्चित विधि र प्रक्रिया भएको स्मरण गराउँदै कसैसँग पनि वार्ता नगर्ने र सडकबाटै ऐन माग्ने शिक्षकहरूको प्रवृत्ति सही नभएको उल्लेख गरेकी छन् ।
‘विधेयक पास गर्ने संसद र सरकारको आफ्नो कानूनले निर्धारण गरेको प्रक्रिया हुँदैन रु के सडकको रमितामा पुगेका सांसद, पूर्वमन्त्री, पूर्वप्रधानमन्त्री र नेताहरुले सडकबाटै ऐन पास गरिदिनुहुने रहेछ रु’ उनले प्रश्न गरेकी छिन्।
झाक्रीले निजी स्कूलले धमाधम भर्ना गरेर कक्षा चलाउन लागिसकेको भन्दै सरकारी विद्यालयहरुको रिजल्ट शून्य रहेको आरोप समेत लगाएकी छिन् ।