कार्यक्रमका प्रमुख अतिथि पूर्व मुख्यमन्त्री जीवन बहादुर शाहीले यो काव्य राजनीतिक डायरी जस्तो लागेको बताएका छन् । उनले हुम्ला जिल्लामा राजनीतिमा पुस्तान्तरण भएको बताउँदै भुपेन्द्र जंग शाही जस्तो कर्णालीको आइकन अगाडि आउन सकेकोमा यो सकारात्मक आशा हुम्लाको राजनीतिले देशलाई दिएको उनले बताए ।
उनले सामाजिक संजालबाट नकारात्मक कुरा फैलाउनुको साटो सृजनात्मक काममा लाग्न युवा पुस्तालाई आग्रह समेत गरेका छन् । सर्जक बसन्तश्रीको यो १२ औं कृति हो । लोकार्पण समारोहमा लेखक बसन्तश्रीले समाज र जीवनको चित्रण गरिएको यस् भोट कृति राजनीतिक खण्डकाव्य भएको उल्लेख गरेका छन् ।
उनले लेख्नु र विचार राख्नुको अर्थ समाजलाई सकारात्मक परिवर्तन तिर लैजानु भएको बताएका छन् । अहिले विचार र सिद्धान्तको राजनीति नभएर भोटको राजनीति हुने गरेकोमा यसबाट देशको अवस्था राम्रो हुन नसक्ने उनले बताए । भोट कसरी प्रयोग गर्ने हामी सार्वभौम नागरिकको हातमा रहेको उनको भनाई थियो । यसअघि बसन्तश्रीले कविता, कथा, निबन्ध, गजल संग्रह प्रकाश गरि सकेका छन् ।