अन्य

सञ्चारसचिव अर्यालद्वारा ‘रासस फोटो प्रदर्शनी’ अवलोकन   

२७ जेष्ठ २०८२, सोमबार २०:३१

 

काठमाडौँ, २६ जेठ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आज राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्रो पहिचान’ विषयक तस्बिर प्रदर्शनीको अवलोकन गर्नुभएको छ ।

त्यस अवसरमा उहाँले अठारौँ गणतन्त्र दिवसका अवसरमा आयोजित प्रदर्शनीले राष्ट्रियसँगै अन्तरराष्ट्रिय महत्व र सम्भावना बोकका पर्वतीय क्षेत्रप्रतिको चासो बढाउन मद्दत गरेको बताउनुभयो । राससको तस्बिर प्रदर्शनीले नेपालमा भएका मनमोहक हिमशृङ्खलालाई नजिकैबाट नियाल्न पाएकोमा खुसी व्यक्त गर्दै सचिव अर्यालले यस प्रदर्शनीलाई अझ व्यवस्थित बनाउन सुझाव दिनुभयो ।

“सबै तस्बिर आर्कषक छन्, सम्भावना बोकेका ठाउँहरूको प्रचार र प्रवर्द्धन गर्न मद्दत पुगेको छ । राष्ट्रिय महत्व त छँदैछ, पर्यावरणका हिसाबले अन्तरराष्ट्रियसम्म यसको महत्व छ”,उहाँले भन्नुभयो, “यस प्रयासका लागि धन्यावाद छ । तस्बिर अझै गुणस्तरको बनाउन सकिन्छ । तस्बिरसँगै खिचिएको मिति उल्लेख गर्दा अझ स्पष्ट होला ।”

यही जेठ ११ गतेदेखि सुरु भएको प्रदर्शनीमा नेपालका पूर्वदेखि पश्चिमसम्म फैलिएका विभिन्न हिमशृङ्खला, हिमाली जनजीवन, प्रमुख पर्यटकीय गन्तव्यसम्बन्धी ९६ वटा तस्बिर राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्