अन्य

सप्तकोशी नदीमा पानीको बहाव फेरी बढ्दै

२१ श्रावण २०८२, मंगलवार १०:४१

इनरुवा । सप्तकोशी नदीमा पानीको बहाव क्रमिकरूपमा बढ्दै गएको छ । तराई तथा पूर्वी पहाडी जिल्लामा लगातार परेको अविरल वर्षाका कारण पानीको बहाव विस्तारै बढिरहेको कोशी ब्यारेजले जानकारी दिएको छ ।

 मंगलबार बिहान १० बजेको अपडेट अनुसार अहिले कोशी ब्यारेजमा एक लाख ७३ हजार ४० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको छ । यस अघि आज बिहान ९ बजे एक लाख ६४ हजार ४९० क्युसेक प्रतिसेकेण्ड पानीको बहाव रहेको थियो ।

यसअघि सोमबार रति कोशी ब्यारेजमा एक लाख ७९ हजार ७४० क्युसेक प्रतिसेकेण्डसम्म पुगेर घटेको थियो । तर मंगलबार फेरी बढेको नदीमा पानीको बहाव बढेको छ ।   

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्