अन्य

बुटवल-पाल्पाको सिद्धार्थ राजमार्ग अवरुद्ध

२१ श्रावण २०८२, मंगलवार १०:५०

बुटवल । बुटवल-पाल्पाको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सोमबार बेलुकीदेखि अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाले सडक अझै अवरुद्ध रहेको जानकारी दिदै खुलाउने प्रयास भइरहेको बताएको छ । सिद्धबाबा क्षेत्रमा वर्षा नारोकिएपछि पहिरो पन्छाउन समस्या भएको सडक डिभिजन पाल्पाले जनाएको छ ।

सडक अवरुद्ध हुँदा पाल्पाबाहेक गुल्मी, स्याङ्जा हुदै पोखरा जाने सवारी साधन समेत रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्