Flash News

भियतनामसँग नेपाल ७-१ गाेलले पराजित

२६ चैत्र २०७९, आईतवार ०१:५१

काठमाडौँ। पेरिस ओलम्पिक २०२४ को महिला फुटबल छनोटमा भियतनामविरुद्ध पहिलो खेलमा खराब प्रदर्शन गरेको नेपालले दोश्रो खेलमा भने सुधारिएको प्रदर्शन गर्‍यो ।

शनिबार काठमाडौँको दशरथ रंगशालामा एक मिनेटको अन्तरमा खाएका दुई गोलका कारण नेपाल २-० ले पराजित भयो। पहिलो खेलमा ५-१ ले पराजित भएको नेपाल समग्रमा ७-१ ले पराजित भएर ‌ओलम्पिक छनोटको पहिलो चरणबाटै बाहिरिएको हो।

खेलको छैटौं र सातौं मिनेटमा भियतनामले गोल गरे पनि त्यसपछि नेपालले राम्रो खेलेको थियो। तर, धेरै मौका पाउँदा पनि नेपालका तर्फबाट गोल हुन सकेन।

प्रतिक्रिया दिनुहोस्