डडेल्धुरा, ४ भदौं । आलिताल गाउँपालिका–४ रज्यौडा बस्ने दिपक सिजालीलाई भरूवा बन्दुक १ थानसहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । साथै, प्रहरीले सोही ठाउँ बस्ने गगन बोहराको घर तलासी गर्दा भरुवा बन्दुक १ थान फेला पारी बरामद गरेको छ।
प्रहरीले हाल फरार गगनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।