अन्य

बेनी–जोमसोम सडक पूर्णरुपमा अवरुद्ध

३१ भाद्र २०८२, मंगलवार ०७:५४

पोखरा । म्याग्दीको बेनी–जोमसोम सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।

मंगलबार बिहान म्याग्दीको रघुगंगा गाउँपालिका- २ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा पहिरो खसी बेनी-जोमसोम सडकखण्ड पूर्ण रुपमा अवरोध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जानकारी दिएको छ ।

त्यस्तै मंगलबार बिहान पहिरो आउदा  बेनी–दरवाङ सडक पनि अवरुद्ध भएको छ । म्याग्दीको बेनी नगरपालिका-४ घुमाउने भिरस्थित बेनी –दरवाङ सडक खण्डमा सडक माथिबाट पहिरो खसी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रतिक्रिया दिनुहोस्