काठमाडौं । आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको पूजा गर्ने गरिन्छ । यस क्रममा जपिने मन्त्र
चन्द्रहासोज्जवलकरा शार्दूलावरवाहना ।
कात्यायनी शूभं दद्यादेवी दानवद्यातिनी ।।
यसको अर्थ देवी कात्यायनीको रंग सुन जस्तै चम्किलो हो । यीनको चार वटा हात रहेका छन् । दायाँको माथिल्लो हातमा अभय मुद्रामा छिन् र तल्लो हातमा वर मुद्रा रहेको छ । बायाँको माथिल्लो हातमा तलवार रहेको छ भने तल्लो हातमा कमलको फूल रहेको छ ।