कार्यशालामा बाग्लुङ, पर्वत, म्याग्दी, स्याङ्जालगायतका जिल्लाका अग्रज, नवपुस्ताका कलाकार तथा विद्यार्थी कलाकार गरी २५० भन्दा बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’, प्रतिष्ठानका प्राज्ञ सभा सदस्य राधिका कँडेल, गैँडाकोट नगर प्रज्ञा–प्रतिष्ठानका उपकुलपति भीम शर्मा, कुश्मा कला परियोजनाका अध्यक्ष आरके अदिप्त गिरीलगायतको सहभागिता रहेको थियो ।

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको सहकार्य तथा कुश्मा कला परियोजनाको आयोजनामा आइतबार कुश्मा, पर्वतस्थित शताब्दी घरमा ‘कलाका रूपमा सम्पदा’ एक दिवसीय चित्रकला कार्यशाला सम्पन्न भएको छ ।


