विराटनगर । नयन मिडिया फाउन्डेसनले सुनसरीमा क्रियाशील ३०० जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बीमा गर्ने भएको छ। आगामी फागुन ७ गते आयोजना हुने कोशी एक्सिलेन्स अवार्डको अवसर पारेर उक्त बीमा कार्यक्रम लागु गर्न लागिएको फाउन्डेसनले जनाएको छ।