बागमती प्रदेश

आउँदो शनिबार (पाैष १९) रक्तदान शिविर आयोजना गर्दै महादेवस्थान-मातातिर्थ खानेपानी

१३ पुष २०८२, आईतवार १६:५०

थानकोट । आउँदो शनिबार (पाैष १९) चन्द्रागिरि नगरपालिका-०५ थानकोट चेकपोष्टमा बृहत रक्तदान शिविर आयोजना हुने भएको छ ।

महादेवस्थान-मातातिर्थ खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनामा सो शिविर  सञ्चालन हुन लागेको हो ।

स्थापना दिवसका अवसरमा पहिलोपटक आयोजना लागेको सो शिविरमा सहभागिताका लागि संस्थाले सबैमा अनुरोध गरेको छ ।

दाउराडिपोस्थित संस्थाको कार्यालयमा सञ्चालन हुने शिविर बिहान १० बजेबाट सुरु हुने संस्थाले जनाएको छ ।

चन्द्रागिरि नगरपालिका र मेट्रो ब्लड बैंक सँगको सहकार्यमा उक्त कार्यक्रम हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्