कला/मनोरञ्जन

फिल्म ‘प्रेमा’ चैत १७ मा प्रदर्शन हुने

२० माघ २०७९, शुक्रबार ०५:०३

काठमाडौं। गोविन्दसिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्म आगामी चैत १७ गते प्रदर्शन तयारीमा छ । एक पोस्टरमा प्रमुख कलाकार अरुण क्षेत्री, शुभेच्छा खड्का र सृष्टि श्रेष्ठलाई स्थान दिइएको छ ।

उक्त पोस्टरमा तीनैजना कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । अर्को पोस्टरमा शुभेच्छा, अरुण र सृष्टि प्रसन्न भावमा देखिन्छन् । तेस्रो पोस्टरमा शुभेच्छा र अरुण रोमान्टिक देखिँदा अरुण र सृष्टि खुशीको मुडमा छन् । समग्रमा भन्दा यो फिल्म त्रिकोणात्मक सम्बन्धको कथावस्तुमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्