कला/मनोरञ्जन

गीतकार रमेश बिजीले गरे विवाह

१९ जेष्ठ २०८०, शुक्रबार ०२:५१

काठमाडौँ। लोकदोहोरी गायक, सर्जक तथा लोकदोहोरी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष रमेश बिजीले विवाह गरेका छन्। उनले आफ्नै गृह जिल्ला स्याङ्जा निवासी शर्मिला श्रेष्ठसँग प्रेम विवाह गरेका हुन्।

बिजी र श्रेष्ठको विवाहको हल्ला केही अगाडि नै साङ्गीतिक क्षेत्रमा छाएको थियो। तर, आधिकारिक रूपमा भने उनीहरुले स्वीकार गरेका थिएनन्। अहिले भने गायक बिजी आफैले सार्वजनिक गरेका हुन्।

विवाह सार्वजनिक भएपछि उनलाई सामाजिक सञ्जालमा आफन्त, साथीभाइले बधाई दिइरहेका छन्। दुई दशकभन्दा बढी समयदेखि गायनमा रहेका बिजी पछिल्लो समय अस्ट्रेलियामा छन्।

 

प्रतिक्रिया दिनुहोस्