Flash News

पोखरा यति विमान दुर्घटनाको प्रारम्भिक कारण खुल्यो

२३ माघ २०७९, सोमबार १४:५१

काठमाडौँ। माघ १ गते पोखरामा दुर्घटनामा परेको यती एयरलायन्सको एटीआर विमान दुर्घटना हुनुको प्रारम्भिक कारण दुबै इन्जिनका प्रोपेलर (ब्लेड) फेदर हुनु अर्थात् निश्चित डिग्री अनुसार छड्के नभई ९० डिग्रीमा रहनु (सिधा) देखिएको छ।

फाइनल टर्न गर्नुअघि नै ‘बेसलेगुमा फेदर भइसकेको देखिएको हो। दुर्घटना जाँच आयोगले सोमबार विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। सिंगापुरको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्यूरोले प्रारम्भिक अनुसन्धानमा यस्तो तथ्य फेला पारेको हो। जसअनुसार गत साता गरिएको फ्लाइट डेटा (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) को डेटा विश्लेषण तथा अनुसनधान गर्दा दुबै इन्जिनमा रहेका १२ (दायाँमा ६ तथा बायाँमा ६ ब्लेड) प्रोपेलर ब्लेड फेदर भएको देखिएको आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

एक प्रशिक्षक पाइलटका अनुसार एटीआर–७२ विमानको एउटा इन्जिनमा ६ र अर्को इन्जिनमा ६ वटा प्रोपेलर (ब्लेड) हुन्छन्। जहाजलाई उडाउँदा पाइलटले बल दिई अघि बढ्न प्रोपेलरको ब्लेड ककपिटमा रहने लिभरको सहायताले आवश्यकता अनुसार छड्के बनाउँछन्।

‘जहाज उडान ब्लेडलाई कुनै निश्चित डिग्रीसम्म हामीले उडानमा छड्के बनाइरहेका हुन्छौं। यसो गर्दा जहाजमा ड्र्याग र थ्रस्ट पावर उत्पन्न हुन्छ। तर फेदर मोडमा हुनु भनेको जहाजको एरोडाइनामिक मुभमेन्ट नहुनु हो। अर्थात् इन्जिनले पावर दिए पनि जहाज अघि बढ्ने वा तलमाथि नहुने अवस्था हो,’ एटीआर विमानका ती पाइलटले भने।

एटीआर पाइलटका अनुसार एटीआरको एउटा इन्जिनको प्रोपेलर फेदर हुनसक्छ तर दुबै फेदर मोडमा गएको यो बिरलै घटना हो। ुउडिरहेको विमानका प्रोपेलर फेदरमा जाने दुईवटा मात्रै कारण हुन सक्छन्। कि त ककपिटमा पाइलटले लिभर डाउन गर्दा हुन्छ वा नभए अनुसन्धानको विषय हो, ‘उनले भने।

प्रतिक्रिया दिनुहोस्