Flash News

एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन

८ कार्तिक २०८०, बुधबार १०:५५

९४ वर्षिय श्रेष्ठ एभरेष्ट बैंकको लामो समयदेखी अध्यक्ष रहेका थिए। नेपालमा एभरेष्ट बैंकको स्थापना गरेका श्रेष्ठ २६ वर्षदेखि बैंकका अध्यक्ष थिए। उनको पहलमा भारतको पंजाब नेशनल बैंकले नेपालको एभरेष्ट बैंकसँग सहकार्य गरेको थियो।

काठमाडौं– एभरेष्ट बैंकका अध्यक्ष एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन भएको छ । लामो समयदेखी राजधानीको मेडिसिटी अस्पतालमा उपचार गराइरहेका श्रेष्ठको ६ गते सोमबारनै निधन भएको थियो । श्रेष्ठको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएको थियो ।

९४ वर्षिय श्रेष्ठ एभरेष्ट बैंकको लामो समयदेखी अध्यक्ष रहेका थिए। नेपालमा एभरेष्ट बैंकको स्थापना गरेका श्रेष्ठ २६ वर्षदेखि बैंकका अध्यक्ष थिए । उनको पहलमा भारतको पंजाब नेशनल बैंकले नेपालको एभरेष्ट बैंकसँग सहकार्य गरेको थियो।

पंजाब नेशनल बैंकको एभरेष्ट बैंकमा २० प्रतिशत सेयर होल्डिङ छ। बिके श्रेष्ठसहित उनको परिवारको बैंकमा सबैभन्दा बढी सेयर छ। स्व. श्रेष्ठका २ छोरी र एक छोरा रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्