राजनीनिती

सक्कली शरणार्थी ओझेलमा परे, नक्कली भुटानी शरणार्थी प्रकरणले !

१४ कार्तिक २०८०, मंगलवार ०६:१२

झापा । नेपालमा भुटानी शरणार्थी समस्या वर्षौदेखिको समस्या हो । झापा र मोरङमा रहँदै आएका शरणार्थीको समस्या समाधानका लागि संयुक्त राष्ट्रसंघले नै पहल ग¥यो । राष्ट्रसंघकै पहलमा शरणार्थीहरुलाई तेस्रो मुलुक आप्रवासन गरिए । राष्ट्र संघीय शरणार्थी आयोग पुनस्र्थापना कार्यक्रम अन्तर्गत एक लाख १३ हजार भन्दा बढी पुगे । बाँकी रहेका ६ हजार ५ सय शरणार्थीको अन्योलता कायमै रहँदा नक्कली भुटानी शरणार्थी प्रकरणले शरणार्थी समस्या झनै ओझेलमा पर्यो । हालै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणले आफूहरुको समस्या समाधानका लागि पहल पुग्ने अपेक्षा शरणार्थीहरुको छ ।

झापाको बेल्डाँगी र मोरड्डको पथरी शिविरमा अझै ६ हजार ५ सय भुटानी शरणार्थी छन् । उनीहरुको दैनिकीमा थुप्रै समस्याहरु छन् । पछिल्लो समय दातृ निकायले दिदैं गरेको सहयोग समेत कटौंती भएको छ । शरणार्थी जीवन बिताउँन विबश उनीहरुको घरफिर्ती वा तेस्रो मुलुक आप्रवासन भन्दा पनि रोजीरोटीकै समस्या प्रवल छ । यस्तो समयमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण उनीहरु थप राहत मिल्नेमा आशावादी छन् । बिगतमा विश्व खाद्य कार्यक्रम अन्तर्गत दातृ निकायले भुटानी शरणार्थीलाई रासन पानी लगायतको सहयोग गर्दै आएको थियो । तर, शरणार्थीहरुलाई तेस्रो मुलुक आप्रवासन गरिएपछि हाल विश्व खाद्य कार्यक्रमले रासन वितरण रोकेको छ । जसले गर्दा शिविरमा रहेका शरणार्थीलाई समस्या भएको छ ।

राष्ट्र संघीय शरणार्थी पुनस्र्थापना कार्यक्रम अन्तर्गत एक लाख १३ हजार भन्दा बढी शरणार्थी क्यानाडा, ब्रिटेन, नेदरल्यान्ड्स, अमेरिका, नर्वे, डेनमार्क, अस्ट्रेलिया र न्युजिल्यान्ड लगायतका तेस्रो मुलुक पुनस्र्थापित भइसकेका छन् । पुनर्बास कार्यक्रम अन्तर्गत तेस्रो मुलुक नगएको र पुनर्बास कार्यक्रम पनि रोकिएपछि बाँकी रहेका शरणार्थीको अवस्था अन्योलग्रस्त छ । त्यसैले यस बिषयमा नेपाल सरकारले चासो लिनुपर्ने भुटानी शिविरका अग्रजहरु बताउँछन् । उनीहरु अधिकांश आफन्त भएको मुलुक वा भुटान फर्कन पाउने आशमा छन् ।

भुटानी शरणार्थीको दैनिकी समस्याग्रस्त छ । तर, स्थानीय सरकारले चाहेर पनि केहि गर्न नसक्ने अवस्थामा छ । भुटानी शरणार्थी समस्या समाधान नेपाल सरकारको समन्वयमा संयुक्त राष्ट्रसंघले यथाशिघ्र गर्नुपर्ने दमक नगरपालिकाका प्रमुख रामकुमार थापा बताउँछन् ।

राष्ट्रविहिन नागरिक भएर बाँच्नु मानव जातीकै सबैभन्दा कष्टकर क्षण हो । त्यही कष्टकर जीवन अहिले नेपालीभाषी भुटानी शरणार्थीहरुले भोगीरहेका छन् । उल्टै नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने प्रचण्चका कारण वास्तविक शरणार्थीहरुको समस्या ओझेलमा परेको छ । त्यसैले यसका लाििग सरकारले यथाशिघ्र पहल अघि बढाउन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्